१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुर नगरपालिकामा स्थानीय पाठ्यक्रम लागू



७ बैशाख, भक्तपुर । भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेको छ । शैक्षिक सत्र २०७५ देखि कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम लागू गरेको हो ।

आफ्नै पाठ्यक्रम लागू गर्ने स्थानीय तहमध्ये भक्तपुर नगरपालिका सम्भवतः पहिलो हो । विद्यार्थीलाई भक्तपुरले इतिहास, भूगोल, कला–संस्कृति, रहनसहन, स्थानीय उपचार विधि र खेलबारे जानकारी दिने उद्देश्यले नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेको हो ।

नगर प्रमुख सुनिल प्रजापतिले स्थानीय पाठ्यक्रम निर्माण कार्य दलले निर्माण गरेको पाठ्यक्रम नगरभित्रका विद्यालयमा यसै शैक्षिक शत्रदेखि लागू गरिएको जानकारी दिए ।

भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र र शैक्षिक गन्तव्यस्थल बनाउने लक्ष्यसहित ७ वटा शैक्षिक सँस्था सञ्चालन गर्दै आएको बताउँदै उनले आधारभूत तह (कक्षा ८) को परीक्षा सञ्चालन र स्थानीय पाठ्यक्रम निर्माण गरेको जानकारी दिए ।

पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान विजुक्छेंले भक्तपुरको पहिचानलाई कायम राख्दै स्थानीय ज्ञान, सीप र धारणालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न स्थानीय पाठ्यक्रमले निकै सहयोग पु-याउने बताए ।

पाठ्यक्रम निर्माणको क्रममा कार्यदलले ख्वपको नामकरण र भूबनोट, ख्वपको इतिहास, स्थानीय जातजाति, व्यक्तित्व र जनसंख्या, स्थानीय संस्कृति, प्रचलित स्थानीय सँस्कार, स्थानीय बोलचाली र लिपी, स्थानीय सम्पदा र कला, स्थानीय व्यवसाय, स्थानीय उपचार विधि, स्थानीय खेल र पर्यटन गरी ११ वटा विषय समेटेर पाठ्यक्रम निर्माण गरेको उहाँले बताए । रासस

प्रकाशित मिति : ७ बैशाख २०७५, शुक्रबार ००:००