१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुलाचुली गाउँपालिकाको कार्यालयमा बम विस्फोट



२ वैशाख, मंगलबारे– इलाम ।
इलामको चुलाचुली गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ । अज्ञात समूहले प्रेसरकुकर बम विस्फोट गराएको हो ।

कार्लायलको सभाहलमा प्रेसरकुकर बम विस्फोट गराएपछि सभाहलको निर्माणाधीन माथिल्लो तलामा क्षति पुगेको कार्यकारी अधिकृत छवि खतिवडाले जानकारी दिएका छन् ।

सभाहलको ८ वटा झ्यालका सिसा फुटेका छन भने आल्मुनियमको सिलिङ पूर्णरुपमा क्षति पुगेको बताइएको छ । स्थानीय सरकारको मुख्यालयमा नै बम विस्फोटको घटनाले स्थानीय त्रसित छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
रासस

प्रकाशित मिति : २ बैशाख २०७५, आइतबार ००:००