२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्नपूर्ण गाउँपालिकाको वडा कार्यालय भवन निर्माण योजना अलपत्र

लेखक स्थानीय खबर ३० चैत्र २०७४, शुक्रबार २ मिनेट पढाइ

३० चैत, म्याग्दी ।
अन्नपूर्ण गाउँपालिका ६ घारको वडा कार्यालय भवन निर्माण योजना अलपत्र परेको छ । जिल्ला प्राविधिक कार्यालयले आर्थिक वर्ष २०७३÷७४ मा अन्नपूर्ण गाउँपालिका ६ घारमा साविकको गाविस भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

विसं २०७३ असार ३० गते ठेक्का सम्झौता भएको उक्त भवन निर्माण योजना अहिले अलपत्र बनेको हो । क्रमागत योजनाका लागि चालू आवमा बजेट नआएपछि समस्या भएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयको शान्ति तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत ठेक्का सम्झौता भएको उक्त भवनका लागि बजेट नआएपछि अलपत्र परेको हो । निर्माण कम्पनी भगवती मालिका कन्स्ट्रक्सन संग ३८ लाख ५० हजार ८१८ रकममा योजना सम्झौता भए पनि योजनाका लागि पूरा बजेट नभएपछि अहिले उक्त योजना अधुरो अवस्था छ ।

जग बसालेर वरिपरि पर्खाल लगाउने काम गरिए पनि पहिलो तलाको ढलानसमेत नभएका कारण बनाइएको पूर्वाधार समेत भत्कने अवस्थामा पुगेको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए । भवन निर्माण योजना अलपत्र परेका कारण अहिले वडा कार्यालय सञ्चालनमै समस्या भएको वडाध्यक्ष बरुवालले बताए ।

भवन अभावले वडा कार्यालयको सेवा साँघुरो र पुरानो भवनबाट सञ्चान भइरहेको छ । वडा कार्यालय सञ्चालन भएको एकतले पुरानो टिनको छाप्रोबाट घार स्वास्थ्य चौकी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को कार्यालय समेत सञ्चालनमा छ ।

साँघुरो भवनबाट तीन कार्यालयको सेवा प्रवाह गर्दा समस्या उत्पन्न भएको कर्मचारीको भनाइ छ । अन्नपूर्ण गाउँपालिकाकै वडा नं ७ को साविक हिस्तान गाविस भवन, धौलागिरि गाउँपालिका ७ ताकमको वडा कार्यालय भवन समेत अल्पत्र अवस्थामा छन् ।

ताकमको वडा भवनका लागि जग खन्नेमात्र काम भएको छ भने २०७३ असोजमा सम्पन्न गर्ने लक्ष्य राखिएको साविक हिस्तान गाविसको भवन निर्माण योजनाको काम सम्झौता भएको दुई वर्षसम्म निर्माण शुरु भएको छैन । काम शुरु नगरेपछि निर्माण कम्पनीलाई दिइएको पेश्की रकम समेत बैंकमार्फत तानिएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिका ५ शिखको साविक गाविस भवन अझै पनि अधकल्चो अवस्थामा छ । ठेकेदार कम्पनीले योजनालाई अधुरो अवस्थामा छाडेपछि अहिलेसम्म उक्त भवन उपयोगमा आउन सकेको छैन ।

शान्ति तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत साविकका गाविस भवनका क्रमागत योजनाका लागि चालू आवमा बजेट नआएपछि समस्या भएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । चालू आवको बजेट बनाउने क्रममा अर्थ मन्त्रालयले शान्ति तथा पुनःनिर्माण मन्त्रालयद्वारा सञ्चालित कार्यक्रम समावेश नगरेकाले बजेट अभाव भएको छ ।
रासस

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।