७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रिब्दीकोट गाउँपालिकापाद्वारा ३ वटा स्थानीय ऐन पारित



३० चैत, पाल्पा ।
रिब्दीकोट गाउँपालिकाले तीन वटा स्थानीय ऐन पारित गरेको छ । गाउँसभाबाट पारित शिक्षा, स्वास्थ्य र सहकारीसम्बन्धी ऐन स्थानीय राजपत्रमा प्रकाशन गर्ने तयारीमा रहेको छ ।

गाउँपालिकाले विभिन्न चरणमा सरोकारवाला निकायसँग छलफल गरी पूर्णता दिएपछि दोस्रो गाउँसभाबाट ऐन पारित गरिएको गाउँपालिका अध्यक्ष नारायण जिसीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले ऐन प्रमाणीकरण भए पछि स्थानीय निकायमा शिक्षा, स्वास्थ्य र सहकारी सम्बन्धी काम गर्न मार्ग प्रशस्त हुनेछ ।

यसैबीच, तानसेन नगर कार्यपालिकाले ७ वटा स्थानीय ऐन पारित गरेको छ । २ दिनसम्म चलेको नगरसभाले विनियोजन २०७४, आर्थिक नियमन कार्यविधि, प्रशासकीय कार्यविधि, न्यायिक समिति कारबाही गर्दा अपनाउनुपर्ने कार्यविधि, कृषि व्यवसाय प्रवर्द्धन, पदाधिकारीका आचारसंहिता सम्बन्धी ऐन र सहकारी ऐन २०७४ पारित गरेको नगर प्रमुख अशोककुमार शाहीले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार ००:००