१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली रारा पर्यटन वर्ष उद्घाटनका लागि ३९ लाख बजेट

लेखक स्थानीय खबर २९ चैत्र २०७४, बिहिबार १ मिनेट पढाइ

२९ चैत, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रमका लागि ३९ लाख बजेट विनियोजन गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा बसेको कर्णाली प्रदेश सरकारको चौँथो मन्त्रिपरिषद् बैठकले रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रमका लागि सो रकम विनियोजन गरेको हो ।

त्यसैगरी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा मुगुको रारा तालमा बस्ने कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकका कार्यसूची तय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले जानकारी दिए ।

त्यस्तै बैठकले रारा कर्णाली पर्यटन वर्ष २०७५ उद्घाटन कार्यक्रमको व्यवस्थापकीय तथा प्राविधिक तयारीसम्बन्धी आवश्यक निर्णय गरेको प्रवक्ता केसीले जानकारी दिए । प्रधानमन्त्री कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यतालिकामा मौसमका कारण आवश्यक परिमार्जनका लागि अनुरोध गर्ने निर्णय गरिएको प्रवक्ता केसीले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।