१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खानेपानी पाइपलाइन बिस्तारकाे क्रममा टेलिकमकाे तरमा क्षति, तीन सातादेखि टेलिफोन अवरुद्ध



२८ चैत, नुवाकोट ।
नेपाल टेलिकमको तारमा क्षति हुँदा जिल्ला अस्पताल त्रिशूली सहित आसपासका क्षेत्रमा २८० ग्राहकको फोन सेवा बन्द भएको छ ।

तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजना मार्फत पाइपलाइन विस्तारका क्रममा नेपाल टेलिकमको तारमा क्षति हुँदा विगत ३ सातादेखि सो क्षेत्रका टेलिफोन सेवा अवरुद्ध भएपछि उपभोक्ता समस्यामा परेका हुन् ।

गत चैत ३ गते पाइपलाइन विस्तार गर्ने क्रममा टेलिफोनको तारमा क्षति भएर अवरुद्ध भएको टेलिफोन सेवा सञ्चालन हुन नसकेको टेलिकम नुवाकोट शाखाका प्रमुख श्यामकान्त चौधरीले जानकारी दिए ।

उनका अनुसार खानेपानी विस्तारका लागि पाइप लाइन खन्ने क्रममा फोनको लाइनमा क्षति पुगेकाले मर्मत गरी सञ्चालनको प्रयास भइरहे पनि अझै एक साता लाग्ने अनुमान गरिएको छ । सञ्चारलाई अत्यावश्यक सेवा प्रवाहका रुपमा लिने गरिए पनि फोन अवरुद्ध भएको तीन साता भइसक्दासमेत सञ्चालन हुन नसक्दा त्यस क्षेत्रका उपभोक्ता सञ्चार सेवाबाट वञ्चित हुनुपरेको छ ।

त्रिशूलीबाट कोलनी जाने सडक मार्गमा भूमिगत बिछ्याइएको टोलिफोन तारको करीब ६० मिटरमा क्षति पुगेको र तारको पाइपलाइनमा पानी छिरेर बाँकी आसापसमा समेत असर गरेकाले त्यसलाई परिवर्तन गरी सञ्चालन गर्न समय लागेको टेलिकम जिल्ला शाखाले जनाएको छ ।

“मर्मतका लागी क्षेत्रीय निर्देशनालय विकास शाखा, काठमाडौबाट प्राविधिक आउनुपर्ने भएकाले समय लागेको हो” शाखा प्रमुख चौधरीले भने, “क्षतिको पहिचान र मूल्यांकन भइसकेकाले अबको केही दिनभित्रै सञ्चालनमा ल्याउने गरी कामलाई तीव्र बनाउन लागिरहेका छौँ ।”

खानेपानीको पाइपलाइन विस्तारका क्रममा २८० थान ल्याण्डलाइन फोनसेवा र त्यसमार्फत सञ्चालन हुँदै आएको इन्टरनेट सेवा चैत ३ गतेदेखि पूर्णरुपमा अवरुद्ध बनेको छ ।

तारमा पुगेको क्षतिबाट जिल्ला अस्पताल त्रिशूलीको फोन सेवा बन्द हुँदा अस्पतालमा जाँच गराउन आउने तथा कुनै दुर्घटना भएर एम्बुलेन्स सेवा एवं स्वास्थ्य परामर्शका लागि टेलिफोन मार्फत जानकारी लिनबाट बिरामी वञ्चित भएका छन् ।

फोन सेवा अवरुद्ध हुँदा जिल्ला अस्पताल सहित त्रिशूली सामुदायिक अस्पताल, स्वास्थ्य कार्यालय, जिल्ला खेलकुद विकास समिति, माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजना लगायतका सरकारी कार्यालय एवं उद्योगी, व्यापारी तथा निजी निवासमा जोडिएका टेलिफोन सेवा पनि बन्द भएका छन् ।
रासस

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार ००:००