२६ चैत, डडेल्धुरा ।
जिल्लाका १७२ सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । जिल्लामा विगतका वर्षदेखि क्रियाशील रहेका १७२ सहकारीलाई डिभिजन सहकारी कार्यालयले स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।
डिभिजन सहकारी कार्यालयले आइतबार आयोजना गरेको उक्त कार्यक्रममा जिल्लास्थित सहकारी सात वटा स्थानीय तहलाई हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख गणेशराज भट्टलेले ती सहकारी स्थानीय तहलाई हस्तान्तरण गरेका हुन् । उनले गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रशासनिक अधिकृतलाई सहकारी अभिलेख हस्तान्तरण गरेका हुन् ।
चौंतीस सहकारी अमरगढी नगरपालिकालाई, २८ परशुरामलाई, नवदुर्गालाई २८, गन्यापधुरालाई २३, अजयमेरुलाई २२, आलिताललाई २० र भागेश्वरलाई १७ वटा सहकारी हरुतान्तरण गरिएको सहकारी डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख रामबहादुर खातीले जानकारी दिए ।
रासस




प्रतिक्रिया