५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक खुलेसँगै अवरुद्ध काठमाडौंको फोहरको विसर्जन शुरु



२६ चैत, नुवाकोट ।
जितपुर–ओखरपौवा सडकखण्ड मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएको घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले अवरोध पु¥याएको जितपुर–ओखरपौवा सडकखण्ड आइतबार साँझबाट सञ्चालनमा आएको छ ।

पीडित परिवारलाई उचित क्षतिपूर्ति र दोषी चालकलाई कारवाहीको माग राखेर बन्द गराइएको सडक खुलाउन गाडीधनी ककनी गाउँपालिका ३ का पोषनाथ तामाङले सहमति जनाएपछि साँझ ७ बजेदेखि गाडी चल्न थालेको प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए ।

शनिबार राति बा५ख २५२३ नं को मिनीट्रकको ठक्करबाट ककनी गाउँपालिका १ स्थित महालक्ष्मीकी ३० वर्षीया सीता बलामीको घटनास्थलमा नै मृत्यु भएको थियो । उक्त घटनाबाट पीडित बलामी परिवारसंग अस्थायी प्रहरी चौकी ओखरपौवामा दिनभर भएको छलफलमा गाडीधनी तामाङले मागअनुसार क्षतिपूर्ति रकम दिन सहमति जनाएपछि सडक सञ्चालनमा आएको हो ।

स्थानीयवासीको मागअनुसार प्रहरीको रोहबरमा पीडित परिवारलाई उचित क्षतिपूर्ति र दुर्घटनाको छानबिन गरी लापरबाही पाइएमा चालकलाई कारवाही गर्ने पीडित परिवार र गाडीधनीबीच सहमति भएको छ ।

घटनाको विरोधमा ओखरपौवा क्षेत्रका बासिन्दाले आइतबार दिनभर विरोध प्रदर्शन गर्दै गाडी सञ्चालन बन्द गराउँदा काठमाडौंबाट फोहर बोकेर आएका १०० भन्दा बढी गाडी जितपुरफेदीमा नै रोकिएका थिए ।

सडक सञ्चालनमा आएसंगै रोकिएका गाडी फोहर विसर्जन गर्न सिसडोल (डम्पिङ क्षेत्र) तर्फ गएका छन् भने काठमाडौंमा रोकिएका गाडी पनि फोहर फ्याँक्न आउन थालेका छन् ।
रासस

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार ००:००