१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अदातलको आदेशपछि बल्ल पुगे स्वास्थ्य केन्द्रमा चिकित्सक



२३ चैत, नेपालगञ्ज ।
बाँके नरैनापुर गाउँपालिका स्थित लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा १ जना चिकित्सकलाई पठाइएको छ । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशले गत चैत १४ गते विशेषज्ञ चिकित्सक पठाउन सरकारका नाममा आदेश जारी गरेपछि डा भीष्मप्रसाद पोखरेललाई सो स्वास्थ्य केन्द्रमा पठाइएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।

नरैनापुर गाउँपालिका २ लक्ष्मणपुरमा २०५० सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको दरबन्दी भए पनि त्यहाँ चिकित्सकहरु नियमित बस्ने गरेका थिएनन् । अदालतबाट भएको सो आदेशले गाउँपालिकाका नागरिकलाई ठूलो राहत मिलेको अध्यक्ष शाहले बताए ।

उनले स्वास्थ्य केन्द्रमा चिकित्सकलाई नियमित बनाई राख्न गाउँपालिका क्षेत्रमा निर्माण भइरहेको अस्पतालको काम छिट्टै सक्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
रासस

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार ००:००