१५ मंसिर २०८२, आइतबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तारकेश्वरमा तीन महिने बुनाई तालीम सम्पन्न



२३ चैत, काठमाडौं ।
तारकेश्वर नगरपालिका तथा शान्ति महिला समूहको संयुक्त आयोजनामा आयोजित तीन महिने तालीम विहिबार सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रदेशसभा सदस्य योगेन्द्र संग्रौलाले तालीममा सिकेको सीपबाट ढाकाको सल खरिद गरेर आगामी दिनमा अझ बढी उत्पादन गर्न र आवश्यक बजार व्यवस्थामा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

समापन कार्यक्रममा तारकेश्वर नगरपालिकाका उपप्रमुख भवानी डोटेल धिताल ले सिकेको सीपलाई खेर जान नदिन आग्रह गर्दै सीप सिक्न र वृत्ति विकासकालागि नगरपालिकाका तर्फबाट हुने सहयोगमा कुनै कमी नहुने बताए ।

सोही कार्यक्रममा तारकेश्वर नगरपालिका ८ का अध्यक्ष मनोजकुमार घिमिरेले शान्ति महिला समूहले महिलालाई छोटो समयमा आफ्नो सीप अगाडि बढाउन सक्ने क्षमता प्रदान गरेकोमा खुशी व्यक्त गरे ।

प्रशिक्षक नानु पुरीले तालिमबाट एउटा सीपको शुरुवात भएको तथा यसलाई खेर जान नदिन आफ्नो कामलाई निरन्तरता दिन प्रशिक्षार्थीलाई अनुरोध गर्दैं आगामी दिनमा पनि आफूले निरन्तर सहयोग गरिरहने विश्वास दिलाइन् ।

प्रशिक्षार्थी सीता नेपालले प्राप्त गरेको सीपलाई निरन्तरता दिन आफूलाई थप तालीमको आवश्यकता भएको कुरा व्यक्त गरिन् । शान्ति महिला समूहका अध्यक्ष बत्तीस महर्जनको सभापतित्वमा भएको कार्यक्रममा १५ महिलाले ढाका कपडा बुनाइको प्रशिक्षण लिएका थिए ।
रासस

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार ००:००