२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रियसभा स्थानीय तह र प्रदेशसभाको आवाज बन्नुपर्छः अध्यक्ष तिमिल्सिना



२२ चैत, काठमाडौं ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तह र प्रदेशसभाका प्रतिनिधिको मतदानबाट राष्ट्रियसभा बनेकाले उनीहरूको आवाज बनेर काम गर्ने दायित्व आफूहरूको भएको बताएका छन् ।

‘राष्ट्रियसभा अभ्यास र अनुभव’ बारे सभाका सदस्यबीच भएको अन्तरक्रियामा अध्यक्ष तिमिल्सिनाले सभालाई परिपक्क ढंगले अभ्यास गर्दै औचित्य पुष्टि गर्ने दायित्व आफूहरुको काँधमा आएको बताएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले भने, “हामी ७ वटै प्रदेशबाट समान संख्यामा प्रतिनिधित्व गर्दै यहाँ आएका छौँ, त्यसैले केही फरक र राम्रो काम गरेर देखाउनुपर्छ ।” पूर्व सांसद तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले राष्ट्रियसभा स्थायी सदन र कानुन निमार्णमा जोड दिने भएकाले यसको औचित्य पृथक रहेको बताए ।

देवकोटाले प्रतिनिधिसभाको काम जाँच्ने र सरकारको कामको अनुगमन गर्ने पनि राष्ट्रियसभाको दायित्वभित्र पर्ने बताए । “राष्ट्रियसभाले पनि प्रि बजेट छलफल गर्नु उपयुक्त हुन्छ । बजेट बाँडफाँडमा समन्यायिक वितरण भयो कि भएन भन्ने राष्ट्रियसभाले हेर्न सक्छ” उनले भने ।

कार्यक्रममा बेलायती सांसद् इयान गीलले नेपाल बेलायत लगायत विकसित तथा प्रजातान्त्रिक राष्ट्रमाभन्दा समावेसीकरणमा अगाडि देखिएको बताए ।
रासस

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहिबार ००:००