२३ कार्तिक २०८३, सोमबार | Mon Nov 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विदुर नगरपालिकामा एकै दिन १७ कानून जारी

लेखक स्थानीय खबर २२ चैत्र २०७४, बिहिबार १ मिनेट पढाइ

२२ चैत, नुवाकोट । विदुर नगर कार्यपालिकाले बुधबार एकै दिनमा १७ वटा नयाँ कानून जारी गरेको छ । विदुर नगरपालिकाको दोस्रो नगरसभामार्फत ऐन, नियमावली, कार्यविधि र आचारसंहिता समावेश भएको १७ नयाँ कानून पारित गर्दै कार्यान्वयनमा ल्याएको प्रमुख सञ्जु पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार नगरपालिकाको वडा नं ११ का वडाध्यक्ष तोयानाथ तिमिल्सिनाको संयोजकत्वमा गठित विधेयक समितिले नगरसभामा पेश गरेको कानूनलाई दफाबार छलफलमार्फत बहुमतले पारित गरेको हो ।

“नगरकार्यपालिका सञ्चालनका लागि ४२ वटा कानून आवश्यक पर्छ,” उनले भने, “केन्द्रले पठाएका नमूना कानूनको आधारमा विधेयक समितिमार्फत निर्माण गरी नगरकार्यपालिका र नगरसभामार्फत बाँकीलाई पनि क्रमशः निर्माणको तयारीमा जुटेका छौँ ।”

नगरपालिकाले यसअघि स्थानीय प्राकृतिक स्रोतको खानी सञ्चालनका लागि राजपत्र जारी गरी भूकम्पपीडितलाई आवास निर्माण गर्न निर्माण सामग्री सहुलियत शुल्कमा उपलब्ध गराएको थियो । जिल्लामा रहेका १२ स्थानीय तहमध्ये अधिकांशमा काअन्यले कानून निर्माण गर्न बाँकी छ । रासस

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।