६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्रीद्वारा रङ्गशाला निरीक्षण



२१ चैत, हेटौँडा ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिका ६ गौरीटारस्थित नारायणी अञ्चलस्तरीय निर्माणाधीन रङ्गशालाको निरीक्षण गरेका छन् । उनले प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको खेलकूद प्रतिष्ठान सञ्चालनमा ल्याउन र विभिन्न खेलकूद कार्यक्रम आयोजना गर्न बजेट विनियोजन गरिने बताए ।

उनले प्रदेश नं ३ को १३ जिल्लासँग जोडिने सडक यातायातलाई उच्च प्राथमिकताका साथ सरकारले निर्माण शुरु गर्न लागेको जानकारी दिए । जिल्ला खेलकूद विकास समिति सचिव खुसराज दाहालले रङ्गशालामा हालसम्म भइरहेको निर्माण कार्यको प्रगति र राष्ट्रिय खेलकूद परिषद्बाट प्राप्त अनुदान रकमले मात्र निर्माण कार्य अपुरो हुने भएकाले प्रदेश सरकारले थप अनुदान रकम उपलब्ध गराइदिन माग गरे ।
रासस

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार ००:००