६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जग्गाको मुआब्जा नपाएको भन्दै साँफे–मार्तडी सडकखण्ड बन्द



१९ चैत, बाजुरा ।
बाजुराको बडीमालिका नगरपालिका ५ मा रहेको तिपाडामा निर्माण हुन लागेको साँफे–मार्तडी सडकखण्डमा पर्ने जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनीले आज बिहानदेखि साँफे–मार्तडी राजमार्ग बन्द गरेका छन् ।

साँफे–मार्तडी सडकमा रहेको तिपाडामा सडक निर्माणको जिम्मा लिएको पिएस कम्पनीले जग्गाको मुआब्जा नदिएको भनी पटक पटक जिल्ला प्रशासन कार्यालय, जिल्लाका निर्वाचित जनप्रतिनिधिसंग मुआब्जा नपाएको गुनासो गर्दा पनि कुनै सुनुवाइ नहुँदा आजदेखि उक्त सडकखण्ड बन्द गरिएको जग्गा धनी धीरबहादुर सिंहले बताए ।

खेतीयोग्य जमिनमा सडक निर्माणका मुआब्जा दिने गरी सम्झौता भएअनुसार हालसम्म जग्गाको मुआब्जा नपाएका ११ जना जग्गा धनीले सडक बाटो बन्द गरिएको बताउदै मुआब्जा नपाएसम्म सडक नखोल्ने बताएका छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठकमा सडक डिभिजन कार्यालयका प्रमुखलाई बोलाएर मुआब्जा उपलब्ध गराउन कानूनी उपचार खोज्ने गरी सहमति भएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताएका छन् ।

उनले जग्गा धनीसंग बैठक बसेर मुआब्जाका लगि पहल गर्ने भनिए पनि उनीहरुले सडक बन्द गर्नुको नियत भने बुझ्न नसकिएको र बन्द सडक सञ्चालनका लागि पहल भइरहेको बताए ।

सडक बन्दका कारण जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका यातायातका साधन भने तिपाडामै रोकिएका छन् । मार्तडी आउने र मार्तडीबाट तराईतर्फ जाने यातायातका साधन वारिपारि नै रहेका छन् । बन्दले यात्रु अलपत्र परेको बताइएको छ ।
रासस

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार ००:००