१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एस्काभेटर सहित ट्र्याक्टर पक्राउ



१९ चैत, दाङ ।
जिल्ला समन्वय समितिको नेतृत्वमा गएको अनुगमन टोलीले आइतबार घोराही उपमहानगरपालिका ४ को पालुधान र रानीदमारबाट अवैध रुपमा ढुंगा निकास गरिरहेका एउटा एस्काभेटर सहित १० वटा ट्र्याक्टरलाई पक्राउ गरेको छ ।

पक्राउ गरेका ट्र्याक्ट्रर जिल्ला समन्वय समितिमा राखिएको छ । नियन्त्रणमा लिएका स्काभेटर र ट्र्याक्टरलाई कानूनी कारबाही अघि बढाएको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताए ।

सो क्षेत्रमा ठेकेदार वसन्त कुँवरले अवैध रुपमा ढुंगा निकासी गर्ने गरेको स्थानीयवासीले बताएका छन् । अवैध रुपमा गरेको ढुंगा उत्खननले गाउँमा जाने सडक समेत भत्किएको छ । खोला पनि खण्डर भएको छ ।

प्रजिअ तथा जिल्ला अनुगमन समतिका संयोजक प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठका अनुसार त्यस क्षेत्रबाट अवैधानिक रुपमा ढुंगा उत्खनन र चोरी भएको बताए ।

‘‘खोलाबाट अवैधानिक रुपमा ढुंगा उत्खनन र चोरी भएको अनुगमनमा फेला परेको छ’’ प्रजिअ श्रेष्ठले भने, “आवश्यक कानूनी कारबाही हुन्छ ।”
रासस

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार ००:००