१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माईजोगमाई गाउँपालिका डेढ महिनादेखि अन्धकार



१८ चैत, इलाम ।
इलामको माईजोगमाई गाउँपालिकाको आधा क्षेत्र डेढ महिनादेखि अन्धकार बनेको छ । विद्युत् अवरोध भएको डेढ महिना बितिसक्दा समेत पोल मर्मत नहुँदा स्थानीयवासी अन्धकारमा रात बिताउन बाध्य भएका हुन् ।

विद्युत् नहुँदा स्थानीयवासीले सास्ती खेप्नु परेको छ । त्यस क्षेत्रमा गाडिएका काठका पोल सडक निर्माणका क्रममा ढलेपछि गाउँपालिका २, ४, ५ र ६ का करीव २५० घरधुरीका बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका हुन् ।

त्यहाँका काठका पोल जीर्ण भएकाले सडक निर्माणका क्रममा ढलेको वडासचिव गोविन्द भट्टराईले जानकारी दिए । उनका अनुसार सडक निर्माण गर्ने क्रममा गाउँपालिकाका शनिश्चरेदेखि गोर्खेढाप सम्मका छ वटा पोल ढलेका थिए ।

तर त्यस ठाउँमा नयाँ पोल प्रतिस्थापनमा ढिलाइ भएकाले अन्धकार भएको उनको भनाइ छ । त्यहाँ १५ वटा नयाँ पोल फेर्नुपर्ने भएकाले ढिलाइ भएको बताइएको छ ।

साथै त्यस क्षेत्रमा नयाँ ट्रान्समिटर जडान गर्नुपर्नेसमेत भएकाले विद्युत् सञ्चालन हुन अझ केही दिन लाग्न सक्ने नेपाल विद्युत् प्राधिकरण उपशाखा कार्यालय पशुपतिनगरका विनोद मास्केले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १८ चैत्र २०७४, आइतबार ००:००