२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रादेशिक अस्पताल भवनको शिलान्यास



१८ चैत, पोखरा ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंबाट प्रदान भइरहेको स्वास्थ्य सेवालाई विकेन्द्रीकृत गर्ने उद्देश्यले पोखरामा प्रादेशिक अस्पताल भवन निर्माण गरिने भएको छ ।

नेपाल प्रहरीको पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण पोखराको भवनबाट स्वास्थ्य सेवा लिँदै आएको प्रहरीले पोखरा लेखनाथ महानगरपालिका–१७ मुस्ताङचोकस्थित आफ्नै जग्गामा अस्पताल भवन निर्माण गरेर सञ्चालन गर्ने भएको हो ।

४ नं प्रदेश प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक कमल सिंह बमले अस्पताल भवनको शनिबार यहाँ आयोजित एक कार्यक्रममा शिलान्यास गरे ।

कूल १९ लाख ८० हजारको लागतमा निर्माण गरिने छकोठे ट्रष्ट भवनमा चार वटा शैया सहित विभिन्न रोगको उपचार एवं प्रयोगशाला, एक्स–रे, फार्मेसी लगायतका सुविधा रहने इन्जिनियर प्रहरी निरीक्षक सणदास ढकालले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १८ चैत्र २०७४, आइतबार ००:००