१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकास गुरुयोजना बनाउँदै तमानखोला गाउँपालिका



१५ चैत, बागलुङ ।
तमानखोला गाउँपालिका दीर्घकालीन विकास गुरुयोजना निर्माणमा जुटेको छ । गाउँपालिकाले विज्ञहरु राखेर गुरुयोजनाबारे प्रारम्भिक छलफल समेत गरिसकेको छ ।

समुदायको अगुवाईमा दिगो विकास’ लाई गुरुयोजनाको निदृष्ट लक्ष्य बनाइएको छ । गुरुयोजना निर्माणलाई छिट्टै पूर्णता दिई कार्यान्वयनमा लगिने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए ।

गुरुयोजनाले मुख्यतः स्थानीय स्रोतसाधनको पहिचान र उपभोगलाई समेट्ने उनको भनाइ छ । “अहिले प्रारम्भिक चरणमा छौं, हाम्रो स्रोत र सामर्थ्य पहिचान गर्दैछौं” उनले भने ३ ४ वर्ष भित्रमा परिणाम आउने गरी काम गर्छौं ।

उनले बितेको एक वर्ष गाउँपालिकाले प्रशासनिक काममा बढी समय खर्चेको उल्लेख गरे । ऐन, कानून नबन्नु, कर्मचारी अभाव, संघीयताको न्यून अनुभव जस्ता कारणले गाउँपालिकाले भनेजस्तो काम गर्न नसकेको उनको भनाइ छ ।

गाउँपालिका बनेपछि नागरिक अपेक्षा बढेको छ, अध्यक्ष बुढाले भने ‘छिटो विकास होस् भन्ने छ ।’ अहिलेकै पूर्वाधार, जनशक्ति र स्रोतसाधनका भरमा गाउँपालिका चलाउँदा चुनौती देखा परेको उनले बताए ।

स्थानीय तहको विकासमा प्रदेश र केन्द्र सरकारले पनि सहयोग पु¥याउनुपर्नेमा उनको जोड छ । गुरुयोजनाले सबै क्षेत्रको भूमिका माग गरेको बताउँदै अध्यक्ष बुढाले मुख्य अगुवाई भने गाउँपालिकाले गर्ने बताए ।

गाउँपालिकालाई कृषि, पर्यटन, ऊर्जा, पशुपालन, जटिबुटी आदिबाट समृद्ध गर्न सकिने उनको भनाइ छ । गाउँपालिकालाई आर्थिक रुपमा सबल बनाउन आवश्यक छ, उनले भने ‘हामीसंग प्रचुर सम्भावना छ’ उनले भने । गुरुयोजनामार्फत् काम गर्दा छिटो विकास लक्ष्यमा पुगिने गाउँपालिकाका कार्यकारी अधिकृत खिम विकले बताए । सबै क्षेत्रका विज्ञ र अगुवाहरुसंगको छलफलबाट गुरुयोजना टुङ्गोमा पुग्ने उनको भनाइ छ ।

विकास गुरुयोजनालाई आधार मानेर आउँदा वर्षको बजेट तथा कार्यक्रम बन्ने अधिकृत विकले बताए । ‘कार्यक्रम र बजेटलाई वितरणमुखी नबनाई प्राथमिकता किटान गरी काम गर्छौं’ उनले भने । बृहत् सोच र दीर्घकालीन लक्ष्य लिएर गाउँपालिकाको समग्र विकासको खाका कोरिने अधिकृत विकले बताए । गुरुयोजना निर्माणमा ‘बनाऔं नेपाल’ नामक संस्थाले पनि प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । गाउँपालिकाको पाश्र्वचित्र ९प्रोफाइल० पनि बनाउने योजना बनाइएको छ ।

सदरमुकामदेखि ३० कोस पश्चिममा अवस्थित तमानखोला गाउँपालिका तुलनात्मक रुपमा बढी विकट मानिन्छ । सबैभन्दा कम जनसंख्या भएको स्थानीय तहमा पर्ने तमानखोला गाउँपालिकामा जनजाति र दलित समुदायको बसोबास छ ।

गरिबी, अशिक्षा, पछ्यौटेपन, बेराजगारी जस्ता समस्या झेलिरहेको तमानखोला विस्तारै विकासको पथमा अघि बढ्ने सुरमा छ । सही नेतृत्व र व्यवस्थापन हुन सके स्रोतसाधनले धनी तमानखोलालाई छिट्टै समृद्ध बनाउन सकिने प्रशस्त आधारहरु छन् ।
रासस

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहिबार ००:००