९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गैरकानूनी रुपमा सडक विस्तार नगर्न पीडितको माग



१४ चैत, काठमाडौं ।
उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले संविधान, कानून र नेपालले हस्ताक्षर गरेको महासन्धि विपरीत सडक विस्तार रोक्न माग गर्दै प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलामा उपत्यकाका विभिन्न भागबाट जम्मा भएका सडक विस्तार पीडितले धर्ना शुरु गरेपछि केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको थियो । ऐतिहासिक, सांस्कृतिक, धार्मिक सम्पदा बस्तीको पहिचानलाई मेटाउन सडक विस्तार भएको पीडितको आरोप छ ।

धर्नाकारीलाई प्रहरीले गिरफ्तार गरेपछि पीडितले नयाँबानेश्वर सम्मा नाराबाजीसहित प्रदर्शन गरे । पीडितले जग्गा प्राप्ति ऐन लागू गर, आवासको अधिकार सुरक्षित गर, गैरन्यायिक सडक विस्तार बन्द गर, प्रहरी दमन बन्द गर जस्ता नारा लगाएका थिए ।

संविधानको धारा २५ र ३७, आइएलओ महासन्धि नं १६९ विपरीत पीडित र प्रभावितसंग मञ्जुरी नलिई नागरिकलाई दीर्घकालीन प्रभाव पर्ने गरी विकासका नाममा विस्तार गर्ने काम गलत रहेको समिति अध्यक्ष सुमन सायमीले बताए ।

प्रहरीले शान्तिपूर्ण धर्नामा बसेका १४ जनालाई गिरफ्तार गरेको छ । १३ जनालाई महानगरीय प्रहरी वृत्त बानेश्वर र एक जनाई सिंहदरबार वृत्तमा राखिएको उनले बताए ।

प्रहरीले बल प्रयोग गर्दा सडकमा बसेका १० वृद्ध घाइते भएको समितिले जनाएको छ । घाइतेको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद जीवनराम श्रेष्ठ, अधिकारकर्मी मल्ल के सुन्दर लगायतले जनतालाई विस्थापित बनाउने गरी बिस्तार नगर्न माग गरे ।
रासस

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ००:००