१४ चैत, काँकडभिट्टा । मादक पदार्थ सेवन गरेको आरोपमा मेचीनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष तिलक न्यौपाने पक्राउ परेका छन् ।
अभियुक्त वडाध्यक्ष न्यौपानेलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए । पटक पटक मादक पर्दाथ खाएर कार्यालयमा आएका न्यौपानेलाई बुधबार दिउँसो सेवाग्राहीले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेको थियो । खबर पाएपछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाले न्यौपानेलाई कार्यालयबाटै पक्राउ गरेको थियो ।
मेची आम्दा अस्पताल धुलाबारीमा जाँच गर्दा वडाध्यक्षले मादक पर्दाथ गरेको पुष्टि भएको थियो । न्यौपाने नेकपा (एमाले) का तर्फबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका हुन् । रासस


प्रतिक्रिया