१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिलिहाङ गाउँपालिकामा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा



१४ चैत, पाँचथर ।
पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३ मा सामुदायिक स्वास्थ्य एकाइको उद्घाटन गरिएको छ । स्वास्थ्य एकाइको प्रतिनिधिसभा सदस्य वशन्तकुमार नेम्वाङले उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा सांसद नेम्वाङले यस स्वास्थ्य एकाइबाट घरदैलोमै नागरिकले सेवा सुविधा पाएको भन्दै यस स्वास्थ्य एकाइलाई अघि बढाउन स्थानीयवासीको महत्पूर्ण भूमिका हुने बताउँदै यसका लागि राज्यले पनि सहयोग गर्नुपर्ने बताए ।

यस्तै, कार्यक्रममा हिलिहाङ गाउँपालिका प्रमुख तथा नेकपा एमालेका गाउँपालिका इन्चार्ज भवानीप्रसाद लिङ्देनले यस स्वास्थ्य एकाइलाई अघि बढाउन गाउँपालिकाले पनि आवश्यक सरसहयोग गर्दै जाने बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बू, वडा नं १ का वडाध्यक्ष गोपीकृष्ण भण्डारी, २ नं वडाका वडाध्यक्ष भीमप्रसाद हेम्ब्या, वडा नं ३ का वडाध्यक्ष मदन गौतम, प्राथमिक स्वास्थ्य केन्द्र, गोपेटारका प्रमुख किरण पाण्डेलगायतले बोलेका थिए ।

यस स्वास्थ्य एकाइमा अहिले अहेव र अनमी गरी दुई जनाले काम गर्दै आएका छन् ।
रासस

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ००:००