२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘खटाएको स्थानमा नजाने कर्मचारीलाई सरकारले कारबाही गर्न सक्नुपर्छ’



१३ चैत, नेपालगन्ज ।
नयाँ शक्ति नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक दलहरु सत्तामुखी भएसम्म मुलुकमा राजनीतिक स्थायित्व कायम हुन नसक्ने बताएका छन् ।

नयाँ शक्ति नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस र एमाले सत्तामुखी पार्टी भएकाले ती दलबाट मुलुकको समृद्धि सम्भव नभएको धारणा राखे ।

उनले दलगत ट्रेड युनियन खारेज नगरेसम्म कर्मचारी प्रशासनलाई सुधार गर्न नसकिने पनि बताए । अध्यक्ष भट्टराईले भने, “खटाएको स्थानमा नजाने कर्मचारीलाई ऐन संशोधन गरेर कारबाही गर्ने आँट सरकारले गर्न सक्नुपर्छ ।”
रासस

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलबार ००:००