१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा सञ्चारको सुविधा नहुँदा समस्या



९ चैत, नवलपरासी ।
पूर्वी नवलपरासीको पहाडी क्षेत्रका बासिन्दा सञ्चारको सुविधा नहुँदा समस्यामा परेका छन् । पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदीकाली, बलिङटार, हुप्सेकोट, बिनयी त्रिवेणी गाउँपालिका र गैँडाकोट नगरपालिका अन्तर्गत पर्ने केही पहाडी क्षेत्रमा सञ्चारको सहज पहुँच नहुँदा यस क्षेत्रका बासिन्दा समस्यामा परेका हुन् ।

नेपाल टेलिकमको टावर पर्याप्त नहुँदा सहजरुपमा मोबाइल सेवासहित इन्टरनेट सेवाबाट समेत स्थानीय वञ्चित जस्तै बनेका छन् । जिल्लाको पहाडी क्षेत्रमा नवलपरासीको धौवादीमा नेपाल टेलिकमको सिडीएमएको टावर राखिएको छ ।

यस्तै डेढगाउँमा पनि नेपाल टेलिकमको टावर भएपनि दुवै टावरले नजिकका केही गाउँमा सञ्चारको लागि सहज भए पनि पहाडी क्षेत्रका अधिकांश क्षेत्रमा भने टावरको क्षमता नपुग्दा सञ्चार सेवाबाट वञ्चित हुँदै आएका छन् ।

जिल्लाको पहाडी भागका केही स्थानमा निजी दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको टावर छन् तर यी पनि पर्याप्त मात्रामा छैनन् । पहाडी क्षेत्रका बुलिङटार, पोखरी, देउराली, अर्खला लगायतका क्षेत्रमा तनहुँमा रहेको टावरले अलिकति काम गर्ने भए मोबाइलबाट कुरा गर्दा काटिने, नबुझिने समस्या हुने गरेको स्थानीयको गुनासो छ ।

पहाडी क्षेत्रलाई लक्षित गरी आउँदो आर्थिक वर्षका लागि केही योजना केन्द्रबाट आएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय भैरहवाका वरिष्ठ प्राविधिक अधिकृत सुरेन्द्रराज गौतमले बताए ।

उनका अनुसार आगामी आवमा हुप्सेकोट, कोटथर, मैनाघाट, नरम, राँकाचुलीमा टावर निर्माणको योजना भएको र यसबाट पनि समेट्न नसकेका अन्य कुनै स्थान भए र माग आएमा आफूहरुले थप योजनाका लागि केन्द्रमा सिफारिस गर्न सक्ने बताए ।
रासस

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार ००:००