२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुहानमा विषादिः गाउँबासीलाई पानी प्रयोगमा रोक



८ चैत, मलेखु– धादिङ ।
दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, कात्राक गाउँको खानेपानीको मुहानमा विषको बोतल भेटिएपछि सो मुहानको पानी प्रयोग गर्न गाउँबासीलाई रोक लगाइएको छ ।

कात्राकमा ल्याइएको पानीको मुहानमा विषादि हालिएको शंका लागेको र पानीमा समेत अनौठो गन्ध आएकाले पानी प्रयोग गर्न रोक लगाइएको वडाध्यक्ष भुवन त्रिपाठीले बताए । प्रहरी अनुसन्धानका क्रममा पानीको मुहानमा लारा ९९० नामको विषादिको बोतल भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताए ।

गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी, वडाध्यक्ष त्रिपाठी र प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाको टोली घटनास्थलमा पुगेर स्थलगत अनुगमन गर्दा पानीको गन्ध र देखिएको कणका आधारमा कात्राक खानेपानीको मुहानमा विषादि मिसाइएको शंका गरिएको हो ।

सो मुहानको पानी ५० घरधुरीले प्रयोग गर्दै आएका छन् । अनुसन्धानपछि खानेपानीको मुहानमा विषादी मिसाइएको शंका भएपछि प्रयोगशालाका लागि पानी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक केसीले बताए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । “हामी पनि पानीको मुहान, ट्याङ्की तथा पाइप लाइन सरसफाइ गरेर छिट्टै पानीको समस्या समाधान गर्छाै,” गाउँपालिकाका अध्यक्ष डल्लाकोटीले बताए ।
रासस

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहिबार ००:००