१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पठाएको ठाउँमा नगए कारबाहीः मन्त्री पण्डित



७ चैत, पथरी– मोरङ ।
संघीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी कर्मचारीले पठाएको ठाउँमा नगए कारबाही हुने बताएका छन् ।

मोरङको सुन्दर हरैचा नगरपालिकामा भएको वाम गठबन्धनका कार्यकर्तासंगको भेटमा मन्त्री पण्डितले सरकारले तोकेको ठाउँमा नगए कर्मचारीमाथि कारबाही हुने बताएका हुन् । उनले भने, “सरकारी तलब खाएपछि जहाँ पठायो त्यहीँ, जानुपर्छ नत्र कारबाहीको भागिदार बन्नुपर्छ ।”

संक्रमणकालीन अवस्थामा तीनवटै तहमा कर्मचारी खटाउनुपर्ने भएकाले कर्मचारीलाई बिदा दिने पक्षमा सरकार नभएको उनको धारणा थियो ।
रासस

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार ००:००