२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऐतिहासिक रानी तलाउ पुनःनिर्माण शुरु



७ चैत, नेपालगञ्ज ।
वर्षौं देखि जीर्ण नेपालगञ्ज वडा नं ८ स्थित ऐतिहासिक रानी तलाउको मंगलबारदेखि पुनःनिर्माण शुरु गरिएको छ । करीब डेढ दशकदेखि उपयोगविहीन रानीतलाउ पुनःनिर्माणको उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले यहाँ शुभारम्भ गरे ।

उपमहानगरपालिकाको २२ लाख ७८ हजार लागतमा पन्त कन्स्ट्रक्सन मार्फत आगामी असार १५ सम्म पुनःनिर्माण सक्ने गरी सम्झौता गरिएको छ ।

तलाउको माटो सम्याउने, पर्खाल, क्यान्टिन निर्माण र मर्मत गरिने, दक्षिणतर्फ तीन साना भवन बनाइनाका साथै डिप बोरिङमार्फत नियमित पानीको व्यवस्था गरेर डुंगा सञ्चालनको व्यवस्था गरिने बताइएको छ ।
रासस

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार ००:००