२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काँकडभिट्टा नाकामा भारतबाट भित्रिने सागसब्जीको विषादी जाँच शुरु



६ चैत, काँकडभिट्टा ।
पूर्वी नाका काँकडभिट्टा हुँदै भारतबाट भित्रिने सागसब्जीको विषादी जाँच गर्न थालिएको छ । आइतबारदेखि मेचीनगर नगरपालिका, प्लान्ट क्वारेन्टाइन, सुरक्षा निकाय र बिर्तामोडस्थित विषादी अवशेषविरुद्ध विश्लेषण एकाइले आयातीत चार किसिमका सब्जीको विषादी जाँच गर्न शुरु गरेको हो ।

संयुक्त टोलीले काँकडभिट्टा प्रवेशद्वारमै पुगेर भारतबाट साइकल र ठेलामार्फत भित्रिएका करेला, काँक्रा, ब्रोकाउली र खुर्सानीमा त्यस्तो जाँच गरेको मेचीनगर नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीले बताए ।

टोलीले सब्जीको नमूना संकलन गरी जाँचका लागि बिर्तामोडस्थित प्रयोगशाला पठाएको थियो । विषादीको मात्रा जाँच्ने प्रयोगशाला बिर्तामोडमा मात्र रहेको छ । कृषि विभागको बाली संरक्षक निर्देशनालयले बिर्तामोडको कृषि थोकमा प्रयोगशाला स्थापना गरेको हो ।

प्लान्ट क्वारेन्टाइन कार्यालयका क्षेत्रीय प्रमुख सुकदेव मैनालीले आइतबार लिइएको सब्जीको नमूनामा विषादीको मात्रा मानव स्वास्थ्यमा प्रतिकूल असर पु¥याउने लेभलभन्दा न्यून पाइएको जानकारी दिए ।

जाँच गरिएको करेलामा अर्गेनोफोस्फेट ०।००२२ प्रतिशत र कार्वामेट १।२६७० प्रतिशत पाइएको छ । यसैगरी, ब्रोकाउलीमा अर्गेनोफोस्फेट १२।७२८ र कार्वामेट २।५१८३ पाइएको छ । काक्रामा अर्गेनोफोस्फेट ८।४७८८ र कार्वामेट २।३२८५ तथा खुर्सानीमा अर्गेनोफोस्फेट ०।३०४३ र कार्वामेट ३।२३८७ प्रतिशत पाइएको छ ।

जाँचले भारतबाट आयातीत हुने ब्रोकाउलीमा सबैभन्दा बढी र करेलामा सबैभन्दा न्यून विषादीको मात्रा फेला परेको देखाएको छ ।
रासस

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलबार ००:००