६ श्रावण २०८१, आइतबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरद्वारा ५२ गाडी अव्यवस्थित तार संकलन



५ चैत, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले सडकमा अव्यवस्थित रुपमा छरिएर रहेका ५२ गाडी तारको व्यवस्थापन गरेको छ ।

कामपाले गत मंसिरको पहिलो सातादेखि तार व्यवस्थापनको कार्य शुरु गरेको हो । आज मात्रै तीन गाडी तार व्यवस्थापन गरेको कामपाका नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिए ।

आज बिहान कामपाको भवन रहेको बागदरबार वरपर, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक र त्रिचन्द्र कलेज आसपासबाट ती तार संकलन गरिएको थापाको भनाइ छ ।

त्यसैगरी, कामपाले आज नै सडकमा रहेको नौ गाडी धुलोको पनि व्यवस्थापन गरेको छ । शुरु देखि हालसम्म एक हजार १९५ टन धुलो संकलन गरिसकेको छ ।

उनले भने, “सार्वजनिक बिदाको दिन पनि नभनी काम गरिरहेका छौँ । काम गर्ने थोरै, बिगार्ने धेरै भएपछि सकारात्मक प्रभाव देखिँदैन । त्यसका लागि सबै जिम्मेवार हुनुप¥यो ।”

संकलित तारमा सबैभन्दा बढी इन्टरनेट, केबल सेवा प्रदायकका तार र टेलिफोन हुन् । ती तार तत्कालका लागि टेकुमा राखिएको छ ।

धुलो संकलन गर्ने, जथाभावी फोहर फाल्नेलाई निगरानी गर्ने, सडक विस्तारका क्रममा छरपष्ट भएका तार बटुल्ने, अव्यवस्थित तार आफैँ काट्ने वा अन्य निकायले काटेका तारको व्यवस्थापन गर्ने काम कामपाले नियमित रुपमा गर्दै आएको छ ।
रासस

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार ००:००