११ जेष्ठ २०८१, शुक्रबार | Sat May 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दमकलमा जनशक्ति अपर्याप्त



४ चैत, ललितपुर ।
जिल्लामा दमकल सञ्चालनका लागि जनशक्ति अपर्याप्त भएको छ । दकमल सञ्चालनका लागि नौ जनाको समूह तयारी अवस्थामा बस्नुपर्ने मान्यता भए पनि जनशक्ति अभावले गर्दा काम मिलाएर चार पाँच जना मात्रै हुने गरेको नगर प्रहरी प्रमुख कदमलाल महर्जन बताउछन् ।

महानगरपालिकाको आफ्नो एक जना कर्मचारी र १० जना करारका कर्मचारी गरेर दमकलमा ११ जना कार्यरत छन् । यिनीहरुले बिहान–बेलुका काम मिलाउँदा चार पाँच जना मात्रै तयार अवस्थामा कार्यालयमा हुन्छन् । उनी भन्छन्, “जनशक्ति पुग्ने नहुँदा काम गर्न गाह्रो हुन्छ ।”

आगो लाग्नासाथ कर्मचारी दमकल लिएर घटनास्थलमा पुग्ने प्रमुख महर्जन बताउछन् । चालक, पानी फाल्ने मान्छे, रोलिङ बोक्ने, हान्नका लागि इशारा गर्ने, पानी नियन्त्रण गर्ने लगायतले आ—आफ्नो जिम्मेवारीको काम गर्छन् ।

थोरै जनशक्ति हुँदा एक व्यक्तिले नै एकभन्दा बढी काम गर्नुपर्छ । पानीको गति धेरै हुँदा नियन्त्रणका लागि धेरै जना चाहिन्छ । उनी भन्छन्, “धेरै गति हुँदा चार जना सम्म चाहिन्छ, त्यही काम दुई जनाले गर्न सक्दैनन् ।”

महानगरपालिकामा अहिले पानी बोक्ने ट्यांक भएको दुई र नभएको दुई गरेर चार दमकल छन् । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका दमकल आगलागी हुँदा सबैतिर पुग्ने गरेका छन् ।
रासस

प्रकाशित मिति : ४ चैत्र २०७४, आइतबार ००:००