१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहमा संविधानको कार्यान्वयन तत्काल अवश्यक



४ चैत, तुलसीपुर– दाङ ।
संविधान कार्यान्वयनको अनुभूति अझै पनि स्थानीय तहमा गराउन नसकेको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् ।

मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले ‘संघीय संरचनामा मानवाधिकारको भूमिका’ विषयक कार्यक्रममा सहभागी जनप्रतिनिधिले आफूहरुले सय दिन बितिसक्दा समेत नयाँ अनुभूति गराउन नसकेको बताएका हुन् ।

प्रदेशसभा सदस्य उत्तरकुमार वलीले स्थानीय तहका २२ वटा र प्रदेशसभाका २१ वटा अधिकारलाई सही ढंगले कार्यान्वयन गर्न नसकेको गुनासो गरे । नियम, कानून, ऐन र आर्थिक व्यवस्थापनको कमीका कारण समस्या आएको उनले बताए ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले मानवाधिकारको संरक्षण र प्रवर्द्धनका लागि अभियान सञ्चालन गर्न आग्रहसमेत गरिन् । सोही अवसरमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले स्थानीय तहमा संविधान कार्यान्वयन हुन नसेको बताए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्का, नेपाली कांग्रेसका जिल्ला सदस्य सुरेन्द्र खड्का, नेकपा माओवादी केन्द्रका नेता रामजी चौधरी नेपाल कम्युनिष्ट पार्टीका नेता विकास वलीले राज्यलाई सही ढंगले सञ्चालन गर्नका लागि मानवाधिकार तथा शान्ति समाजजस्ता संस्थाले खबरदारी गरिरहनुपर्नेमा जोड दिए ।
रासस

प्रकाशित मिति : ४ चैत्र २०७४, आइतबार ००:००