६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयरकपको उपाधि मेचीनगरको पोल्टामा



४ चैत, मंगलबारे– इलाम ।
इलामको करफोकमा जारी प्रथम सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि मेचीनगर नगरपालिका, झापाले हात पारेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा मेचीनगर नगरपालिकाले आयोजक सूर्योदय नगरपालिकालाई ट्राइवेकरका आधारमा ३–० गोल अन्तरले पाखा लगाउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

निर्धारित समयमा दुवैतर्फबाट तीन–तीन गोल गर्दै बराबरी गरेपछि ट्राइवेकरका आधारमा नतिजा लिइएको हो । उपाधिसंगै मेचीनगरले १ लाख २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो । त्यस्तै, द्धितीय भएको सूर्योदय नगरपालिकाले ७५ हजारसहित मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

इलाम, पाँचथर र झापाका ११ वटा नगरपालिकाका टिमको सहभागिता रहेको प्रतियोगिता सूर्योदय नगरपालिका–१० स्थित करफोक खेलमैदानमा सञ्चालन भएको थियो ।
रासस

प्रकाशित मिति : ४ चैत्र २०७४, आइतबार ००:००