२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रसूति सेवा लिनेलाई थप एक हजार दिने घोषणा



२ चैत, राजविराज ।
यहाँको एक स्वास्थ्य चौकीमा प्रसूति गृहबाट सेवा लिने सेवाग्राहीलाई थप १ हजार दिएर पुरस्कृत गर्ने घोषणा गरिएको छ ।

जिल्लाको सुरुङ्गा नगरपालिका १ पिप्रा पश्चिम स्थित स्वास्थ्य चौकीमा प्रसूति गृहबाट सेवा लिनेलाई सो रकम दिएर पुरस्कृत गर्ने निर्णय गरेको स्वास्थ्य चौकीले जनाएको छ ।

उक्त स्वास्थ्य चौकीमा सेवाग्राहीलाई सरकारले दिँदै आएको सुत्केरी भत्तामा थप १ हजार दिइने सुरुङ्गा नगरपालिका १ का वडाध्यक्ष मुक्तिकुमार कार्कीले घोषणा गरेका छन् ।

सो वडाका वडाध्यक्ष कार्कीले सेवाग्राहीका बच्चाका लागि बेवी सेटसमेत उपलब्ध गराउने बताए । हाल सरकारले प्रसूति गृहको सेवा लिँदा यातायातबापत ५०० र प्रोत्साहन भत्तास्वरुप ४०० तथा न्यानो कपडा उपलब्ध गराउँदै आएको छ ।

सेभ द चिल्ड्रेनको साझेदारीमा सबल नेपालद्वारा सञ्चालित स्पोन्सरसीप परियोजना अन्तर्गत पिप्रा पश्चिम स्वास्थ्य चौकीमा प्रसूति गृह निर्माण गरिएको छ ।

५ लाख मूल्य बराबरको आर्थिक सहयोगमा निर्माण गरिएको प्रसूति गृहमा दैनिक सेवा लिने सेवाग्राहीको भीड लाग्ने गरेको सबल नेपालका प्रमेश्वर झाले बताए ।
रासस

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार ००:००