१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेलबाट धरान र विराटनगर सिधा यातायात शुरु



२ चैत, खोटाङ ।
दिक्तेलदेखि धरान र विराटनगर आवतजावतका लागि पहिलोपटक जिल्लाबाट सिधा यातायात शुरु गरिएको छ । यातायात व्यवसायी संघ खोटाङले शुक्रबार देखि दिक्तेलबाट विराटनगर बिहान ४ः३० बजे र धरान ५ः१५ बजे बस छुट्ने गरी नियमित यातायात शुरु गराएको हो ।

विराटनगरको पूर्व नेपाल यातायात व्यवसायी संघको कार्यालयमा भएको व्यवसायीको प्रतिनिधिमूलक भेटघाट र छलफलबाट धरान बाट दिक्तेलका लागि बिहान ४ः३० र विराटनगरबाट ४ः५० मा छुट्ने समय निर्धारण गरिएको छ ।

दिक्तेल–विराटनगरका लागि प्रतिव्यक्ति एक हजार १७५ र दिक्तेल—धरानका लागि एक हजार १५० भाडादर तोकिएको यातायात व्ययवसायी संघ खोटाङका महासचिव राम हिङ्माङले बताए ।

दूधकोशीमा पक्की पुल निर्माण भएपछि दिक्तेल–हलेसी–घुर्मी कटारी हुँदै धरान र विराटनगर सिधा यातायात सुचारु गरिएको महासचिव हिङ्माङले जानकारी दिए । जिल्लाबाट राजधानी काठमाडौं लगायत तराईका जिल्लासंग सिधा यातायात सञ्चालन भएपछि यात्रुलाई बस परिवर्तन गरिरहनुपर्ने झन्झट टरेको छ ।
रासस

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार ००:००