१५ मंसिर २०८२, आइतबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुर उपमहानगरमा नक्सा स्वीकृतसम्बन्धी मापदण्ड अपारदर्शी



३० फागुन, जनकपुरधाम ।
जनकपुर उपमहानगरपालिकामा नक्सा स्वीकृतिसम्बन्धी मापदण्ड अपारदर्शी भएको आरोप प्रविधिज्ञहरूले लगाएका छन् ।

इन्जिनियरिङ कन्सल्टेन्सी एशोसिएशनले उक्त समस्याबारे उपमहानगरपालिका प्रमुख लालकिशोर साहलाई जानकारी गराउँदै उपमहानगरपालिकाकै कर्मचारीको संलग्नतामा नक्सा तयार पार्न लगाउन समुदायलाई बाध्य गराउने र एकाधिकार जमाउने कार्य भइरहेकाप्रति ध्यानाकर्षण गराएको हो ।

एशोसिएशनले नक्सा स्वीकृतिसम्बन्धी निश्चित मापदण्ड सार्वजनिक गर्न र मापदण्डबमोजिम सहज ढङ्गले नक्सा स्वीकृतिको प्रक्रिया अपनाउन माग गरेको छ ।

सूची दर्ताको नाममा इन्जिनियरिङ कन्सल्टेन्सीबाट लिइने दस्तुर विधिसम्मत नभएकाले यसलाई बन्द गर्दै प्राविधिकतर्फ विशेषज्ञको व्यवस्था गर्न माग गरेको छ ।

कन्सल्टेन्सीका अध्यक्ष हेमशंकर अरगरियाले एकाधिकार र स्वेच्छाचारी सञ्जालबाट आम जनसमुदायलाई मुक्त गर्न उपमहानगरपालिकाका प्रमुखलाई विशेष आग्रह गरिएको बताए ।
रासस

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार ००:००