१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा लेखनाथ महानगरपालिकाको नगरसभामा १८ विधेयक प्रस्तुत



२८ फागुन, पोखरा ।
पोखरा लेखनाथ महानगरपालिकाको आजबाट शुरु भएको दोस्रो नगरसभामा १८ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको सभामा विधायन समितिका संयोजक शोभामोहन पौडेलले ती विधेयक टेबुल गरेका थिए ।

सभामा प्रस्तुत विधेयकमा महानगरीय ऐनअन्तर्गत कृषि, कृषि बजार प्रवर्द्धन, सहकारी र कर्मचारी व्यवस्थापन ऐन रहेका छन् भने महानगरीय नीतिअन्तर्गत कृषि, पशु, स्वास्थ्य र सार्वजनिक नीजि साझेदारी नीति तथा ऐन छन् ।

महानगरीय कार्यविधि अन्तर्गत शिक्षा, एफएम रेडियो सञ्चालन, योजना आयोग गठन र विधायन समितिको कार्यविधि छन् भने निर्देशिका अन्तर्गत फोहरमैला व्यवस्थापन, बजार अनुगमन, उपप्रमुखसंग महिला कार्यक्रम र भवन मापदण्ड र विज्ञापन नीति तथा निर्देशिका छन् ।

त्यस्तै महानगरीय न्यायिक समिति विधेयक पनि आजको सभामा प्रस्तुत भएको छ ।

प्रमुख जिसीले विधायन समितिका संयोजक पौडेलले टेबुल गरेको विधेयकलाई थप अध्ययन गरी त्यसलाई अझै परिष्कृत एवं जनमुखी बनाउन आगामी चैत ६ गते सम्मका लागि सदस्यलाई समय दिए ।

नगरसभामा प्रमुख तथा उपप्रमुख, ३३ वटै वडाका अध्यक्षसहित पाँच पाँच जना र मनोनित आठ जना गरी १७५ जना सदस्य छन् ।
रासस

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार ००:००