६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीमदत्त नगरको दोस्रो नगरसभाबाट ३ वटा ऐन पारित



२८ फागुन, कञ्चनपुर ।
भीमदत्त नगरपालिकाको दोस्रो नगर सभाबाट तीन ऐन पारित सहितका विभिन्न निर्णय गरिएको छ । नगरसभामा हालसम्मको विकास निर्माणको समीक्षा र आगामी दिनमा बनाउनुपर्ने नीति तथा कार्यक्रमसम्बन्धी छलफल गरिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरपालिकालाई रुपान्तरणको बाटोमा लैजाने प्रतिबद्धता गरी विभिन्न ऐन र निर्णय पारित गरिएको बताए । “नगर सभामा अहिलेसम्मको विकास निर्माणको समीक्षा गर्याैं, विगतका कमजोरी सच्याउँदै भीमदत्तको रुपान्तरण र परिवर्तनका लागि सबैले सामूहिक रुपमा लाग्ने कुरा भयो,” नगर प्रमुख विष्टले भने । नगर सभामा आगामी तेस्रो नगर सभामा पेश हुने नीति तथा कार्यक्रमसम्बन्धी छलफल गरिएको छ ।

दोस्रो नगर सभाबाट सहकारी ऐन, आर्थिक ऐन र प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन पारित गरिएका छन् । यसअघि पहिलो नगर सभाबाट पारित ऐन स्थानीय राजपत्रमा प्रकाशित गरिएका छन् ।

नगर सभाले विभिन्न ६ वटा विषयत समिति पुनः गठन र पशु सेवाअन्तर्गत छुटेको बजेट थप गर्ने अधिकार नगर कार्यपालिकालाई दिएको छ । नगर कार्यपालिका (कार्य सम्पादन नियमावली) का आधारमा वडाध्यक्षको संयोजकत्वमा तीनदेखि ६ सदस्यीय समिति गठन गरिएका छन् ।

यसैगरी नगर सभाबाट नगर सभा सञ्चालनका लागि आवश्यक कर्मचारीलाई सभाकक्षमा रहन अनुमति दिने निर्णय गरिएको छ । नगरपालिकाका सबै वडामा एक–एक सहित २७ जना नगर प्रहरीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ ।
रासस

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार ००:००