२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोल्पाको जुफालमा ठूलीभेरी नगरपालिकाको केन्द्र उद्घाटन



२५ फागुन, दुनै– डोल्पा ।
डोल्पाको जुफालमा नगरपालिकाको केन्द्र उद्घाटन गरिएको छ । बिहीबार ठूलीभेरी नगरपालिकाको स्थायी केन्द्रको रुपमा जुफालमा उद्घाटन गरिएको हो ।

उक्त नगरपालिकाको पहिलो नगरसभाको असार ३१ को निर्णयअनुसार बहुमतले नगरको केन्द्र दुनैबाट जुफाल सार्ने निर्णयअनुसार बिहीबार औपचारिक रुपमै नगरको केन्द्र उद्घाटन गरिएको नगर प्रमुख गणेशबहादुर शाहीले जानकारी दिए ।

मन्त्रिपरिषद्को माघ २४ को निर्णय र फागुन १६ मा राजपत्रमा प्रकाशित सूचनाअनुसार दुनैमा रहेको नगरको केन्द्र स्थायीरुपमा जुफाल– ७ मा स्थापना गरिएको नगर प्रमुख शाहीले बताए ।

संघीयताको मूल मर्मअनुसार केन्द्रीकृत विकासलाई जसरी विकेन्द्रीकृत गरिन्छ त्यसै गरी नगरका सबै जनतालाई पायक पर्नेगरी जुफालबाटै सम्पूर्ण नगरका सेवा सुविधा प्रदान गरिने भएकाले जनतालाई नझुक्किन शाहीले अनुरोध गरे ।

केन्द्रको उद्घाटन त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख तथा नेकपा एमालेका वरिष्ठ नेतासमेत रहेका ओमबहादुर बुढाले गरेका थिए । नगरको उद्घाटन बाजागाजा, कलश घडासहितका नौ कन्या अगाडि लगाएर बजार परिक्रमासहित नगरको केन्द्र उद्घाटन गरिएको थियो ।

उद्घाटनलाई भव्यरुपमा सफल पार्न साविकका माझफाल गाविसका सम्पूर्ण सर्वसाधारणको समेत उपस्थिति रहेको थियो । उद्घाटन समारोहका अवसरमा नगरका ५ देखि ९ वडा सम्मका जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, सर्वसाधारण तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

दुनैवासी आन्दोलित

यसैबीच, जुफालमा नगरको केन्द्र उद्घाटन गरिरहँदा दुनैवासी भने आन्दोलनमा रहेका छन् । छलकपट गरेर नगरको केन्द्र सारेको भन्दै एक सातासम्म दुनै ठप्प पारेका सदरमुकामवासीले भने सांकेतिक आन्दोलन जारी राख्ने शर्तमा गत बुधबार भने बन्द खुलाएका थिए । नगरको केन्द्र किर्ते जालसाजी गरेर दुनैबाट जुफाल सारेको उनीहरुको आरोप रहेको छ ।
रासस

प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार ००:००