२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धौलागिरि ५ मल्कवाङमा ‘बर्थिङ सेन्टर’ स्थापना

लेखक स्थानीय खबर २४ फाल्गुन २०७४, बिहिबार १ मिनेट पढाइ

२४ फागुन, बाबियाचौर– म्याग्दी ।
धौलागिरि गाउँपालिका–५ मल्कवाङमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ । मल्कवाङ स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति, पूर्वाधार र सामग्रीको व्ययवस्थापन गरी प्रसूति केन्द्र सञ्चालन गरिएको हो ।

पूर्वसांसद नवराज शर्माको सिफारिशमा सांसद विकास कोषको १ लाख अनुदानमा सामग्री खरिद गरेर प्रसूती केन्द्र सञ्चालन गरिएको धौलागिरि गाउँपालिकाका स्वास्थ्य संयोजक लोकनाथ पौडेलले बताए ।

मल्कवाङमा प्रसूति केन्द्र स्थापना भएपछि सुत्केरी हुनका लागि मराङ, दरवाङ, बेनी लगायतका ठाउँमा रहेका स्वास्थ्य संस्था र अस्पताल पुग्नुपर्ने यहाँका महिलाको बाध्यता हटेको छ ।

प्रसूती केन्द्र सञ्चालनका लागि स्थानीयवासीले सक्रियता देखाएका थिए । मल्कवाङमा अल्पसंख्यक छन्त्याल समुदायको बसोबास रहेको छ । जिल्लाका २४ वटा स्वास्थ्य संस्थामा प्रसूती केन्द्र सञ्चालनमा छन् ।
रासस

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।