२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रे महोत्सव बुधबारदेखि



१९ फागुन, धुलिखेल । धुलिखेल उद्योग वाणिज्य संघ काभ्रेपलाञ्चोकले फागुन २३ देखि चैत ३ गतेसम्म ‘काभ्रे महोत्सव–२०७४’ आयोजना गर्दैछ । धुलिखेल रंगशालामा हुने सो महोत्सव ‘विकास, सुशासन र अग्रगमनको आधार, नेपालको आर्थिक समृद्धिको बहार’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको संघका अध्यक्ष मञ्जुकुमार कोजुले बताए ।

“स्थानीय तहमा रहेका आर्थिक विकासका सम्भाव्यता र चुनौती पहिचान गर्छौं । त्यही आधारमा आर्थिक विकासको खाका कोर्न सबै सरोकारवाला एकजुट हुनुपर्छ,” उनले भने, “एकजुट हुने सन्देश दिनका लागी पनि यो महोत्सव आयोजना गर्न लागेका हौं ।”

कृषि, पर्यटन, हस्तकला, औद्योगिक उत्पादन, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य, निर्माण सामग्री, भवन निर्माण प्रविधि आदि सेवा र वस्तुको प्रदर्शनी गरिने सो महोत्सवमा करीव १ सय ५० कक्ष रहने छ । सो अवसरमा काभ्रेपलाञ्चोक जिल्लालगायत प्रदेश नं ३ एवं राष्ट्रिय तथा बहुर्राष्ट्रिय उद्योग व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।

महोत्सवलाई थप आकर्षक बनाउन विज्ञसँगको अन्तर्क्रिया तथा जिल्लाको इतिहास, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कला संस्कृति, जीवनशैली आदि झल्कने चित्रकला र तस्वीरसमेत प्रदर्शनी हुने आयोजक संघका उपाध्यक्ष सुवासकाजी श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । रासस

प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार ००:००