२२ कार्तिक २०८३, आइतबार | Sun Nov 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डाक्टर र इमर्जेन्सी सेवासहितको एम्बुलेन्स सञ्चालनमा

लेखक स्थानीय खबर १८ फाल्गुन २०७४, शुक्रबार १ मिनेट पढाइ

१८ फागुन, दाङ ।
यहाँ पहिलो पटक डाक्टर र इमर्जेन्सी सेवासहितको एम्बुलेन्स सञ्चालनमा आएको छ । दाङको लमहीमा रहेको फ्लोरेन्स अस्पतालले ‘क’ वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

निजी क्षेत्रको लगानीमा सञ्चालन भएको अस्पतालले २० लाख खर्च गरेर एम्बुलेन्स सञ्चालन गरेको हो ।

एम्बुलेन्समा डाक्टरसहित इमर्जेन्सी औषधि, मुटुको चाल थाहा पाउने मेसिन, फोक्सोलाई दिइने कृत्रिम अक्सिजन, नेबुलाइजर, रक्तचाँप जाँच्ने व्यवस्था सहित सुविधा रहेको अस्पतालका डाक्टर पुष्प भुसालले जानकारी दिए ।

यसले गर्दा यहाँका बिरामीलाई सहज हुने बताइएको छ । सो एम्बुलेन्सको बिहीबार एम्बुलेन्स सञ्चालन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ र सदस्य सचिव जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले निरीक्षण गरी एम्बुलेन्स सञ्चालनको स्वीकृति दिएका हुन् ।
रासस

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।