१८ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङका दुई स्थानीय तहको नाम परिवर्तन



१७ फागुन, खोटाङ ।
खोटाङका दुई स्थानीय तहको नाम परिवर्तन भएको छ । रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ गाउँपालिकाको नाम परिवर्तन भएको हो ।

रुपाकोट मझुवागढी नगरपालिकाको अगाडि ‘दिक्तेल’ र दिप्रुङ गाउँपालिकाको पछाडि ‘चुइचुम्मा’ थपिएको छ । नगरपालिका र गाउँपालिकाले यसअघि नगरसभा र गाउँसभाको पूर्ण बैठकले नाम परिवर्तनका लागि सिफारिश गरेको थियो ।

नगरसभा र गाउँसभाले सिफारिश गरेबमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बुधबार राजपत्रमा प्रकाशित गरेर नाम परिवर्तन भएको जनाएको छ । मन्त्रालयले प्रकाशित गरेको राजपत्रअनुसार अब रुपाकोट मझुवागढी नगरपालिकाको नाम ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका’ र दिप्रुङ गाउँपालिकाको नाम ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका’ कायम भएको छ ।

यसअघि लामिडाँडा गाउँपालिकाको पनि नाम परिवर्तन गरिएको थियो । तत्कालीन लामिडाँडा गाउँपालिकाको नाम परिवर्तन भएर रावाबेँसी गाउँपालिका भएको छ भने अन्यको यथावत राखिएको छ ।
रासस

प्रकाशित मिति : १७ फाल्गुन २०७४, बिहिबार ००:००