१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अप्टिकल फाइवर लाइन काटियाे, ५ जिल्लामा सञ्चार सम्पर्क विच्छेद



१३ फागुन, भक्तपुर ।
भक्तपुर र बबरमहलमा अप्टिकल फाइबरको लाइन काटिएपछि पाँच जिल्लामा सञ्चार सम्पर्क विच्छेद भएको छ ।

भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोला र काठमाडौँको बबरमहलमा पुल निर्माणका क्रममा अप्टिकल फाइबरको लाइन काटिएपछि शुक्रबार साँझदेखि टेलिफोन र आइतबार बिहान १० बजेदेखि मोबाइल सेवा अवरुद्ध भएको छ ।

नेपाल टेलिकम भक्तपुरका कार्यालय प्रमख कामता श्रेष्ठले पुल निर्माणका क्रममा अप्टिकल फाइबर चुँडिएपछि सञ्चार सम्बन्ध विच्छेद भएको बताइन् । राधेराधेबाट प्राविधिक टोलीले अप्टिकल फाइबरको लाइनलाई वैकल्पिक प्रविधिबाट अपराह्न २ बजेदेखि मोबाइलको लाइन सञ्चालन गरेको उनले जानकारी दिइन् ।

अप्टिकल फाइबर चुँडिएपछि भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा ल्याण्डलाइन फोन र मोबाइल सेवा अवरुद्ध भए पनि भक्तपुरमा मात्रै मोबाइल सेवा सञ्चालन भएको छ ।

अन्य जिल्लामा भने सबै सेवा अवरुद्ध छ । मोबाइल सेवा खुलाउने प्रयास भइरहेको बताइएको छ ।
रासस

प्रकाशित मिति : १३ फाल्गुन २०७४, आइतबार ००:००