हरिबहादुर राउत
१३ फागुन, हुम्ला ।
सदरमुकाम सिमकोटमा पानी नपर्दा र हिमपात नहुँदा पानीका मूल सुकेका छन् । खानेपानीका चार ट्यांकीमा ५ हजार लि जम्मा नभएको र भएको पानी बजार र गाउँबस्तीका ४५० घरधुरीलाई दिएपछि पानीको अभाव भएको छ ।
उपभोक्ता समितिका सचिव राजु रोकायका अनुसार सिमकोट ४ बुराउसे, ठाडा ढुंगाबाट एक किमी टाढा रहेको पानीको मुहानबाट ट्यांकीमा जम्मा हुने खानेपानी अभाव भएको छ ।
नाम्खा गाउँपालिकाको याप्पा खोलाबाट पानी ल्याएमा र सिँचाइ खानेपानीको सम्भावना देखिएको पुजारी डबले रोकाया र सोबने रोकायले बताए । पुजारीले भने, “बाजेका पालामा हिमपात भई हिउँ जम्मा गरेर आगोमा तताई पानी खाने गरेका थिए तर आजभोलि हिमपात नभएपछि खानेपानीको अभाव भएको हो ।”
रासस


प्रतिक्रिया