६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगञ्ज उपमहानगरपालिकाले उठायाे ५ करोड ७१ लाखभन्दा बढी राजश्व



१३ फागुन, खजुरा– बाँके ।
नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४÷७५ को माघ मसान्तसम्म ५ करोड ७१ लाख ९५ हजार ६९६ राजश्व संकलन गरेको छ ।

गत वर्ष यही अवधिमा ४ करोड ९८ लाख ३० हजार २१६ राजश्व संकलन गरेको थियो । यस अवधिमा गत वर्षभन्दा ७३ लाख ७५ हजार ४८० बढी राजश्व संकलन भएको छ । राजश्व शाखाका अनुसार माघ मसान्तसम्म नक्सापास दस्तुरबाट १ करोड २८ लाख ४७ हजार ३०३ राजश्व संकलन गरिएको छ ।

गत वर्ष बनिसकेका घर प्रमाणित गर्नेको संख्या बढी भएका कारण सो अवधिमा बढी राजश्व उठेको उपमहानगरपालिकाका सिभिल इन्जिनियर सुरज शर्माको भनाइ छ । नगरका साबिकका १८ देखि २८ सम्मका वडालाई घर नक्सा प्रमाणितमा छुट दिइएको छ ।

उपमहानगरपालिकाका अनुसार आव ०७४ साउनदेखि माघ मसान्तसम्म नक्सा दर्ता ७१३, प्लिन्थ लेवल स्वीकृति २२८, सुपर स्ट्रक्चर इजाजत ३३१, नयाँ घर निर्माण २२६ र पुरानो घरको प्रमाणित २९५ वटा गरिएको छ । गत वर्ष १२ करोड राजश्व लक्ष्य रहेकामा चालु आवमा उपमहानगरपालिकाको १६ करोड राजश्व लक्ष्य रहेको राजश्व शाखा प्रमुख भूपति खत्रीले जानकारी दिए ।

उपमहानगरपालिकाले शहरी योजना तथा भवन निर्माण मापदण्ड ०७४ मस्यौदा अन्तिम चरणमा पु¥याएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए ।
रासस

प्रकाशित मिति : १३ फाल्गुन २०७४, आइतबार ००:००