८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूर्योदय नगरपालिकाका ऐन, नियम राजपत्रमा प्रकाशित



११ फागुन, इलाम ।
इलामको सूर्योदय नगरपालिकाले ऐन, नियमावली र कार्यविधि आफ्नै राजपत्रमा प्रकाशित गरेको छ । नगरपालिकाले नगरसभाबाट पारित भएका ४ वटा ऐन, ३ वटा नियमावली, ३ वटा कार्यविधि, नीति तथा कार्यक्रम र योजना तथा बजेट तर्जुमा दिग्दर्शन राजपत्रमा प्रकाशन गरेको हो ।

स्थानीय राजपत्रमा प्रकाशित ती कानून अब सूर्योदय नगरपालिकाका लागि मूल कानूनसरह बनेका छन् । सूर्योदय नगरपालिकाले स्थानीय राजपत्रको भाग १ र भाग २ एकैपटक प्रकाशन गरेको हो । सो राजपत्रको भाग १ मा संघसंस्था दर्तासम्बन्धी ऐन, २०७४, सहकारी ऐन, २०७४, आर्थिक ऐन, २०७४ र विनियोजन ऐन, २०७४ तथा आव २०७४/७५ को नीति तथा कार्यक्रम समावेश गरिएको छ ।

त्यसैगरी, राजपत्रको भाग २ मा कार्यसम्पादन नियमावली, २०७४, कार्यविभाजन नियमावली, २०७४, निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण ९कार्यविधि० सम्बन्धमा व्यवस्था गर्न बनेको नियमावली २०७४, बैठक सञ्चालन सम्बन्धी कार्यविधि २०७४, नगरसभा सञ्चालन कार्यविधि, २०७४, श्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि, २०७४ र योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४, प्रकाशित गरिएको छ ।

ती कानून नगरसभा सम्पन्न भएपछि गत असोज १ गते नै नगरप्रमुख रनबहादुर राईद्वारा प्रमाणीकरण भएपनि एकहप्ता अघिमात्रै राजपत्रमा प्रकाशित गरिएको हो ।

यस्तैगरी, फाकफोकथुम गाउँपालिकाले पनि स्थानीय राजपत्रमार्फत ऐन, नियमावली र कार्यविधि प्रकाशित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले बताए ।

स्वास्थ्य चौकीलाई जग्गादान

यसैबीच, इलामको रोङ गाउँपालिका २ मा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर निर्माणका लागि स्थानीय समाजसेवीले करिब ६ लाख मूल्य पर्ने ३ रोपनी जग्गा निःशुल्क दान दिएका छन् ।

स्थानीय डिकबहादुर राई, वीरबहादुर राई र रामप्रसाद राईले एक–एक रोपनी जग्गादान दिएका हुन् । सो वडाको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुँदा स्थानीयबासी सेवा लिनका लागि घण्टौँ धाउनुपर्ने बाध्यता छ ।

उक्त जग्गामा बर्थिङ सेन्टर सहितको सुविधासम्पन्न भवन बनाउने योजना तयार गरिएको वडाध्यक्ष टेकबहादुर तामाङले बताए ।
रासस

प्रकाशित मिति : ११ फाल्गुन २०७४, शुक्रबार ००:००