११ फागुन, मंगलबारे– इलाम ।
इलामको देउमाई नगरपालिका १ मा एक स्थानीयले वडा कार्यालयलाई भवन निर्माणका लागि पाँच रोपनी जग्गा निःशुल्क दान गरेका छन् ।
स्थानीय फत्तेप्रसाद दुलालले २५ लाख मूल्य पर्ने जग्गा आफ्नो स्वर्गीय हजुरबुबा, हजुरआमा र आमाको सम्झनामा दान गरेका हुन् ।
पाँच रोपनी जग्गाको मूल्य २५ लाख कायम गरिएको बताइएको छ । देउमाई नगरपालिका १, तपेवाका फत्तेप्रसादले स्व हजुरबुबा डिल्लीराम, हजुरआमा रत्नमाया र आमा चन्द्रमाया दुलालको सम्झनामा सो मूल्य बराबरको जग्गा दान गरेको बताए ।
स्थानीय तहको विकासमा सहयोग पु¥याउन जग्गादान गरेको उनले बताए ।
रासस


प्रतिक्रिया