३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन्दरी चोकलाई परम्परागत स्वरुपमा फर्काइँदै



१० फागुन, ललितपुर ।
लामो समयसम्म बन्द रहेको सुन्दरी चोकलाई परम्परागत स्वरुपमा नै फर्काउन पाटन सङ्ग्रहालय लागेको छ । पाटन दरबार क्षेत्रमा रहेका चारवटा चोकमध्ये सुन्दरी चोक सबैभन्दा कलात्मक चोक रहेको सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले बताए ।

परम्परागत भित्ताहरु जस्ताको तस्तै छाडेर र भुइँमा लिपपोत गरेर सङ्ग्रहालयलाई परम्परागत स्वरुप दिइएको छ । मठ प्लास्टर गरिएका भित्तामा सामान्य मर्मत मात्रै गरिएको छ ।

कतिपय भित्तामा वाल पेन्ट ९भित्ते चित्र० छन् । ती चित्रलाई सुरक्षित गर्नका लागि सामान्य सिसा भित्र राखिएको छ । हात्तीको झ्याल पनि यस चोकको विशेषता रहेको छ । उनी भन्छन्, “हामीले यहाँ भएका वस्तु र भवन दुवैलाई सकेसम्म पुरानै स्वरुप देखाएका छौँ ।”

यहाँका २ वटा तलामा लिपपोत गरिएको लाखे बताउछन् । साताको एक दिन यहाँ लिपपोत हुने गरेको छ । आगन्तुकले नाङ्गो खुट्टाले हिँड्नुपर्ने उनी बताउछन् । कतिपय कोठा खाली छन् । आगन्तुकले झ्याल भित्ता, भुइँ लगायत बाट पनि ज्ञान पाउन सक्छन् ।

उनी भन्छन्, “हामीले यसो गर्दा एकातिर सङ्ग्रहालयले परम्परागत स्वरुप पाउँछ भने अर्कातिर आगन्तुकका लागि नयाँ अनुभव हुन सक्छ ।” दुई दशकसम्म बन्द रहेको सुन्दरी चोक विसं २०७१ मा सर्वसाधारणका लागि खुल्ला भएको हो । त्यस पहिले यसलाई जिल्ला प्रहरी कार्यालयका रुपमा प्रयोग गरिएको थियो ।
रासस

प्रकाशित मिति : १० फाल्गुन २०७४, बिहिबार ००:००