गौशाला ९ फागुन ।
महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका लागि २८ करोड ४४ लाख बजेट प्रस्तुत गर्दै प्रथम गाउँसभा सम्पन्न भएको छ ।
सडक सञ्जाल, स्वास्थ्य सेवा, खानेपानी, विशेष शिक्षा योजना, कृषि योजना लगायत योजनालाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राख्दै सम्सी गाउँपालिकाकी उपाध्यक्ष नगिनादेवी यादवले आर्थिक वर्ष २०७४÷७५ का लागि २८ करोड ४३ लाख ९६ हजारको बजेट प्रस्तुत गरेकी छन् ।
गाउँपालिकाको प्रथम गाउँसभा गाउँपालिका अध्यक्ष शेष फारुखको अध्यक्षतामा भएको थियो ।
रासस




प्रतिक्रिया