९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उदयपुरमा पहिलो पटक प्याराग्लाइडिङ



६ फागुन, गाईघाट । उदयपुरको पूर्वी क्षेत्रको बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनारतर्फ पहिलो परिक्षण स्वरुप पटक प्याराग्लाइडिङ सञ्चालन गरिएको छ ।

बेलका नगरपालिकाअन्तर्गत कोशी टप्पु क्षेत्र र सप्तकोशी क्षेत्रलाई व्यापक रुपमा बोटिङ र प्याराग्लाइडिङको माध्यमबाट पर्यटन विकास गर्ने लक्ष्यका साथ पहिलो पटक प्याराग्लाइडिङ परीक्षण गरिएको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए ।

“बेलका क्षेत्रमा पर्यटन विकासको धेरै सम्भावना छ । कोशी क्षेत्रमा बोटिङ र कोशी वरिपरिको डाँडाबाट प्याराग्लाइडिङका कारण यो नगरले जिल्लाकै पर्यटन विकासमा ठूलो टेवा पु¥याउने भएकाले नगरपालिकाले अहिले प्याराग्लाइडिङ परीक्षण अभियान थालेको हो,” उनले भने ।

प्याराग्लाइडिङ सफल भएकाले यो पेशाबाट वार्षिक यो क्षेत्रमा पचास हजारभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सकिने उनको दाबी छ ।

शनिबार समुद्री सतहदेखि झण्डै ६०० मिटरको उचाइमा रहेको बेलकाको बोपाताङ र चम्पाडाँडाबाट आठवटा प्याराग्लाइडिङ उडान गरेर परीक्षण गरिएको थियो । रासस

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आइतबार ००:००