९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोनमा गाउँपालिकाको बजेट ३५ करोड



१ फागुन, महोत्तरी ।
महोत्तरीको सोनमा गाउँपालिकाले सोमबार ३५ करोडभन्दा बढी रकम बराबरको वार्षिक नीति तथा कार्यक्रम ९बजेट० प्रस्तुत गरेका छन् ।

सोमबार दिउँसो गाउँपालिकाको प्रांगणमा आयोजित एक समारोहका बीच आर्थिक वर्ष २०७४/७५ का लागि कूल ३५ करोड ५६ लाख ४२ हजार ८८३ बराबरको वार्षिक बजेट सार्वजनिक गरिएको हो ।

गाउँपालिकाका प्रमुख राजकुमार यादवले चालूतर्फ १५ करोड ३७ लाख ८९ हजार ५०० र बचततर्फ २० करोड १८ लाख ५३ हजार ३८३ रकम समेत गरी सो बजेट सार्वजनिक गरेका हुन् ।

महोत्तरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य डा सुरेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो समारोहमा वक्ताले बजेटलाई सदुपयोग गर्नुपर्ने धारणा राखेका थिए ।
रासस

प्रकाशित मिति : १ फाल्गुन २०७४, मंगलबार ००:००